
लघुकथा
तारा के.सी.
उनीहरु फुटेछन्
खेमराज दाइकाे घर झगडा सिमा नाघेर मेराे घरसम्म आइपुग्याे।झगडाकाे कारण सत्य, तथ्य ,थहाँ नहुदै छिमेकिहरूकाे चियागफमा तर्क र विश्लेषण हुन थाले।
एकदिन ,
” लाैन काका! दाइलाई सम्झाईदिनु पर्याे म माथि दाइले हात छाेड्याे । घरमा बस्न नसक्ने भए ” भन्दै भाइचहिँ मेराे शरणमा आयाे।
खेमराज दाइ मेरा घनिष्ठ छिमेकी थिए।
उनि बितेकाे एक बर्षपछि छाेराहरूबिचकाे झगडाले ठुलाे रूप लिदै थियाे।
मैले एउटा असल छिमेकीकाे नाताले उसलाई सम्झाउदै भने; दाजु भनेकाे घरकाे अभिभावक हाे। सानाे तिनाे कुरालाई ठुलाे पार्नु हुदैन। तिमीहरू मिल्दा नै राम्राे हुन्छ। आवेेेशमा दाइले हात छाेड्याे हाेेला। म संम्झाउँला।”
” रक्सी पिएर भाइले मलाई मुख छाेड्याे। मैले सम्झाउन सकिन काका! सम्झाईदिनु पर्याे” दाजुकाे गुनासाे थियाे।
” तिमी त दाजु हाै। भाइ भए भराेसा भन्छन्। दाजु- भाइविच सम्बन्ध जन्मेदेखि घाटसम्म हुन्छ। भाइलाई माफ गरिदेऊ र सम्बन्ध सुधार।” मैले दुबैलाई सम्झाएँ।
केहिदिन पछि चिया पिउँदै गर्दा श्रीमतीले भनिन्, खेमराज दाइका छाेराहरू त फुट्छन्। छिमेकीले पाे फुटाइ दिएकाे रे।







