
मंगलबार निधन भएका कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको आज अन्त्यष्टि गरिँदैछ।
त्यस अघि पार्टी कार्यालयमा विहान ८ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीको लागि राखिने छ ।
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानेपामा राखिएको छ । उनको पार्थिव शरीरमा सभापति गगन थापाले पार्टीको झण्डा ओढाएका छन् ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठको ८३ वर्षको उमेरमा मंगलबार उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएको थियो । उनको आजै (बुधबार) शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।
क्यान्सर पीडित श्रेष्ठको हिजो जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा ८३ वर्षको उमेरमा उनको निधन भएको थियो। श्रेष्ठ २०७० को संविधानसभा चुनावमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका थिए। उनी त्यसअघि २०४८ र २०५६ र २०६४ मा स्याङ्जाबाटै विजयी भएका थिए।
