
काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ आज काठमाडौं आउँदैछन् ।
उनी आज अपराह्न चार बजेतिर काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेयता भारतबाट उच्चस्तरीय भ्रमणमा आउने सेठ अहिलेसम्मको सबैभन्दा वरिष्ठ अधिकारी हुन् । उनले नेपालबाट आफ्नो पहिलो विदेश भ्रमण थाल्नुलाई कतिपयले अर्थपूर्ण रूपमा लिएका छन् ।
