
काभ्रे ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको दुसित थानी हिमालयन रिसोर्टमा आएका छन् ।
स्रोतका अनुसार, शनिबार दिउँसो ३ बजे अर्थमन्त्री वाग्ले रिसार्टमा पुगेका थिए । सभापति लामिछाने भने पत्नी निकिता पौडेलसहितलाई लिएर दिउँसो ३ बजेर २० मिनेटमा उक्त रिसोर्टमा पुगेका हुन् । उक्त रिसोर्टमा अर्थमन्त्री वाग्लेको पनि लगानी छ । उनी आफ्नै लगानीसहितको भिल्लामा बसिरहेका छन् ।
सरकारका मन्त्रीहरुको परिवर्तनको हल्ला चलिरहँदा दुई नेताहरुको यो अकस्मातको बसाईलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।





