8f e§/fO{ /f;;;Fu cGtjf{tf{
sf7df8f}F, @ c;f]h M k"j{k|wfgdGqL Pjd g]kfn ;dfhjfbL kf6L{sf cWoIf 8f afa'/fd e§/fO{ ;+ljwfg lbj;–@)*) sf] k"j{;GWofdf /fli6«o ;dfrf/ ;ldlt -/f;;_ ;Fu cGtjf{tf{ lbg''x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;
काठमाडौँ ।पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतान्त्रिक उपलब्धिमा टेकेर राष्ट्रिय सहमति जुटाएर संविधान संशोधन गर्नु उपयुक्त हुने बताएका छन्।
संविधान दिवसका अवसरमा रासससँगको कुराकानीमा भट्टराईले संविधान संशोधन गर्दा त्यसको मूल जग कमजोर पार्न नहुने बताए।
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता र समावेशी लोकतन्त्रजस्ता उपलब्धिलाई जोगाउँदै संविधानमा रहेका अपूर्णता सुधार गर्न बताएका हुन्।
‘अब यो जुन एउटा अन्योलको अवस्था छ, यस्तो बेलामा विवेकपूर्ण ढङ्गले एउटा राष्ट्रिय सहमति जुटाएर लोकतान्त्रिक उपलब्धिमा टेकेर अगाडि जाने वातावरण बन्दा नै संविधान संशोधन गर्नु राम्रो हुन्छ,’ उनले भने।
संविधान संशोधन अग्रगामी प्रकृतिको हुनुपर्ने बताउँदै भट्टराईले रिस र आवेगमा संविधानका सबै कुरा चलाउँदा प्राप्त उपलब्धि गुम्न सक्ने चेतावनी दिए।
