
१.
न बाबा न आमा कसलाई मेरो खाँचो भयो
मन लागे लाउने र खोल्ने ताल्चा साँचो भयो
आमा भन्ने शब्दमा दाग लायौ तिमीले किन ?
मेरो जन्म तिमीलाई चस्स घोच्ने भाँचो भयो ।
२.
मैले मात्र होइन नि उसले पनि मन पराउँथी
म छोरा भएर डराएँ उ छोरी झन डराउँथी
भेटघाट दैनिकी उस्तै थियो कुराकानी पनि उस्तै
छोरा मान्छे तिमी किन केही भन्दैनौ भन कराउँथी ।
३.
पीडा जति मलाई दिई छाडि गयौ पापिनी
आँसु जति मलाई दिई हाँसी गयौ पापिनी
मेरो मुटुमा ढुँगा हान्दा यति पनि सोचिनौ
आखिर मलाई जलाई टाढी गयौ पापिनी।
४.
मनको रोगी बनाको तिमीले हो मलाई
धनको जोगी बनाको तिमीले हो मलाई
आफ्नै धुनमा चल्ने सिधासादा मान्छेलाई
विलासी भोगी बनाको तिमीले हो मलाई ।
५.
मेरो के दोष थियो र यसरी रित्तिनुपर्याै
कुरा बुझ्ने हुनु अघि कसरी किच्चिनुपर्याे
तिम्रो कोखबाट जन्मिनु मेरो गल्ती हो आमा ?
पल पल हेर मैले बेस्सरी पिल्सिनुपर्याे ।









