
गीत
सुजन विश्वकर्मा
यो मनले तिमी सँग बिताएका पल गन्दै थियो ।
ओठले जाउ भने पनि मुटुले पर्ख भन्दै थियो ।
माग्दिन अन्तिम उपहार एकपल्ट हेरिदिए पुग्छ ।
तिम्रो न्यानो अङ्गालोमा मायाले बेरिदिए पुग्छ ।
कहिले उज्यालो हुनु कहिले अँध्यारो हुनु ।
दुनियाले जेसुकै भनोस् सबैको प्यारो हुनु ।
खुसी हुन एउटै कारण काफी छ धेरै हुनुपर्दैन ।
तिमीलाई सधैँभरि रमाएको हेर्न मेरै हुनुपर्दैन ।
तिमी ऋतु जसरी गयौ मैले रोक्नै सकिन ।
हुँदाहुँदै पनि मनभरि माया पोख्नै सकिन ।
यो मनले तिमी सँग बिताएका पल गन्दै थियो ।
ओठले जाउ भने पनि मुटुले पर्ख भन्दै थियो ।
हेटौँडा – मकवानपुर



