
इलाम । कवि प्रतिभा पौडेलको सातौँ कृति ‘तितिक्षा’ महाकाव्य शुक्रबार इलामस्थित अरनिको सांस्कृतिक संग्रहालय, पुरानो दरबारमा एक कार्यक्रमबीच लोकार्पण गरिएको छ।
इलाम नगरपालिकाका प्रमुख केदार थापाको प्रमुख आतिथ्य तथा इलाम नगर साहित्य, कला तथा संगीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा आयोजित कार्यक्रममा महाकाव्य ‘तितिक्षा’ सार्वजनिक गरिएको हो।
लोकार्पण कार्यक्रममा साहित्यकार इन्द्रनारायण सुवेदी, सोम निरौला, टीका घिमिरे तथा युवा साहित्यकार एवं कवि अन्वेष थुलुङले ‘तितिक्षा’ महाकाव्यमाथि टिप्पणी तथा समीक्षात्मक धारणा राख्नुभएको थियो।
उहाँहरूले कृतिले समेटेका विषयबस्तु, सामाजिक सरोकार र साहित्यिक पक्षबारे चर्चा गर्नुभएको थियो।
कार्यक्रममा साहित्यकार तथा साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।



