
काठमाडौं । नेपाल इन्डिजिनस लिगल सोसाइटी (निल्स)काे न्यायिक सम्मान र विचारगाेष्ठी कार्यक्रम हालै नेपा ब्यङक्वेटमा सम्पन्न भएको छ।

सो कार्यक्रममा सम्पदा, संस्कृति, गुठी र भुमि बाैद्धिक सम्पत्ति सम्बन्धी विविध विषयमा न्यायिक लडाईमा सक्रिय अभिवक्ता बुद्धिरत्न शाक्यलाई नगद रू . २५०००/- सहित “निल्स न्यायिक सम्मान-२०८२” र अधिवक्ता राजकुमार सुवाललाई नगद रू. २५०००/सहित ” निल्स सहयात्री सम्मान-२०८२” ले सम्मानित गरेकाे थियो । सो सम्मान प्रमुख अतिथि नेपाल बार एशाेसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजय प्रसाद मिश्रले प्रदान गरेका थियो।
साथै सम्पदा , संस्कृति र आदिवासीको हक अधिकारका सबालमा अदालतको अभ्यास विषयक गाेष्ठी पनि भएको थियो। गाेष्ठीमा वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ, वरिष्ठ अधिवक्ता एवं नेपाल वातावरण कानून समाजका अध्यक्ष पदम बहादुर श्रेष्ठ, अधिवक्ता विजयराज शाक्य, अधिवक्ता एवं लाहुर्निपका उपाध्यक्ष शंकर लिम्बू आदिले साे विषयमा बाेल्नुभएकाे थियाे ।

साथै नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य र नेपाल बार एशाेसियनका पुर्व काेषाध्यक्ष ज्ञानरत्न शाक्यले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।

प्रमुख अतिथि नेपाल बार एशाेसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजय प्रसाद मिश्र र नेपाल बार एशाेसियनका उपाध्यक्ष अधिवक्ता सरस्वती श्रेष्ठज्यूकाे उपस्थितिमामा उक्त कार्यक्रम सम्पन्न भएकाे थियाे। ।







