
काठमाडौँ । वासु शशी स्मृति परिषद्ले स्रष्टाहरु खगेन्द्र सङ्ग्रौला, बुलु मुकारुङ, रामप्रसाद पन्त, लोकेश ढकाल, धनवन्तरी मिश्र कात्यायनी, राजेन्द्र शलभ, प्रमोद ढुंगाना, डी. आर. उपाध्याय, शीला पन्त, सुमन वर्षा र अञ्जु शर्मालाई ‘वासु शशी साहित्य सम्मान २०८३’प्रदान गर्ने निर्णय गरेको छ ।
परिषद्का अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।
उक्त कार्यक्रम आगामी २०८३ मङ्सिर १८ गते काठमाडौं महानगरपालिका वडा नं. ७, सुवणर्पुर सम्पदा संरक्षण समितिको सहकार्यमा हुने परिषद्का सदस्य-सचिव प्रद्युम्न जोशीले इखवर नेटलाई जानकारी दिए ।


