
काठमाडौँ ।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारी स्वेदश फर्किएकी छन् ।
चीनको हपवे प्रदेशको स्योङआनमा आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी भएर भण्डारी सोमबार (कात्तिक ९) स्वदेश फर्किएकी हुन् ।
सम्मेलनमा भण्डारीले जलवायु जोखिम न्यूनीकरणका निम्ति संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट दीर्घकालीन र भरपर्दो सहयोग सुनिश्चित गर्नुपर्ने धारणा राखेकी थिइन् ।
“नेपाल यस्तो विश्वव्यवस्थाको पक्षमा छ, जहाँ शक्ति होइन अन्तर्राष्ट्रिय कानुनले सम्बन्धलाई निर्देशित गरोस्, सबै राष्ट्रको आवाजको सम्मान होस् र कमजोर तथा जोखिममा रहेका मुलुकका सरोकारले उचित स्थान पाऊन्,” उनले भनेकी थिइन् ।



