
काठमाडौँ । बर्जर पेन्ट्स नेपालले रसुवाको भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितका लागि सहयोग गरेको छ ।
बर्जर पेन्ट्सले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको हो ।
प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि प्रदान गरिएको उक्त सहयोगले प्रभावित समुदायलाई आवश्यक सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।


