
गीत
धर्तीमाथि
युवराज शर्मा
किन जनता रुवाउने, किन देश रुवाउने
हाम्रा राम्रा गाउँ बस्ती, जीवन डुबाउने ।
सचेत हुँ भन्ने मानव अचेत भएपछि
धर्तीमाथी अत्याचार बढ्दै गएपछि
अनायासै गाएको होइन विद्रोहको गान
गानभित्र लुकेका छन् अनेक समाधान ।
विकास र प्रयोगको, तोक्नु अब सीमा
सकिएको जीवनलाई, फर्काउँदैन बीमा
धर्तीका ठाउँ ठाउँको बुझी विशेष गुण
त्यही गुणलाई फलाएर बनाऊ भरिपूर्ण ।



