
कथा
न्यायको रातो कलम
दिनेश खरेल
‘म दलित भएकै कारण मुद्दा मेरो विपक्षमा फैसला भयो ।’
यो आवाजले म कसङ्ग भएँ। निन्द्रा लागेन । ओछ्यानबाट उठें बत्ति बालें। चार बजेको रहेछ । उठेर हिडने जाँगर चलेन। ओछ्यानमै पल्टी रहे। मथिङ्गलमा यत्रतत्र कुराहरू खेल्न थाले । छरिएका विचारहरू एकमुष्ट भएर जरा गाड्ने तरखरमा थिए । ति विचारहरुलाई धपाउने प्रयास गरें ।
तर गएनन् । बारम्बार त्यसैको ध्वनी गुन्जिरहयो, ‘कसले मुद्धा हार्यो र मलाई गुनासो गरिंदै छ। फेरी मैले कुनै छुवाछुत र जातपात माथिको मुद्दा हेरेको पनि छैन । न बलात्कार! न जबर्जस्ती करणीको ! न भेदभावका मुद्धाहरू नै। दलित भएको कारण मुद्दा हारेको अभिव्यक्ति छ।
उज्यालो भयो । मन भारी भएर आयो । दिमागले कामै गरेन । केही सोच्न सकिन। तै पनि मर्निङवाकमा गएँ । आज कोही साथीहरु पनि थिएनन । हातमा लौरो लिएँ । घरको गेटबाट निस्किएपछि कता जाने निर्णय गर्न सकिन । मनिङवाकको सेड्युल सधै साथीहरुले बनाउने गर्थे ।
उ एक्लै धोबीखोलाको किनारै-किनार हिड्यो । कतै पिच गरिएको,कतै धुलौटे बाटो,कतै खाल्टाखुल्टी धोबीखोलाको करिडोर यस्तै थियो । शान्तसँग बगिरहेको थियो । खोला वारिपारि किनारमा फोहोरका पोकाहरु यत्रतत्र थिए । खोला शान्तसँग बगेको भएपनि उसको मन शान्त थिएन । दिमाग पनि यत्रतत्र फालिएको फोहोरका पोका,धुलो र ढुङ्गा जस्तै दुषित भएको थियो । किन किन करीडोरको बाटो हिडिरँहदा पछाडीबाट कसैले लखेटिरहेको भान हुन्थ्यो।
घरको गेटबाट निस्किए पछि म गंगाहिटी चोक पुगें ।
त्यहाँबाट दोधार मन लिंदै, यतैबाट जान्छु भन्दै गोपिकृष्ण फिल्म हलको हाइवे नपुगी ओम हस्पिटल पछाडिबाट धोबीखोला निस्किएँ । हस्पिटल पछाडिको पार्किंङ प्राय: खाली नै थियो। पछाडि गेटबाट छिटफुट मानिसहरू निस्किरहेका थिए। सायद तिनिहरू विरामीका आफन्त हुन् । किनभने उनीहरु अनिन्द्रा देखिन्थे। उनिहरुले मुख पनि धोएका थिएनन् । दुईटी महिला चिया पसलमा छिरे । साहुजीलाई दुई कप चिया आदेश गरेर नजिकैको मेचमा बसे । उनीहरू आपसमा कुरा गर्दै थिए ।
उनीहरुको अभिव्यक्तिले मलाई गिज्याइरहेको भान भयो । म त्यो कुरालाई खासै वास्ता नगरी हिंडें तर मेरो कानमा अचानक त्यहि शब्दले झंकार दियो- मेरो..विपक्षमा फैसला भयो ।
अन्य दुई जना पुरुषले म हिडेकै बाटो पछ्याए ।
म खोलाको बाटो हुदै अगाडि बढें । बाटोमा खाल्डाखुल्डी उस्तै थिए । केही धुलो थियो। केहि हिलो थियो। हिलो यसकारण थियो-सडक छेउमा थापिएका होटेलले भाँडा माझेका फोहोर पानी फालिएको थियो । पानीसंगै अन्य दूषित पदार्थहरू पनि थिए । नाक थुनेर हिडनु पर्ने अबस्था थियो। कहिं कहिं केहि मिटर पिच गरिएको थियो । कतै रोडा-गिट्टि विछ्याइएको थियो। धुलो, हिलो, खाल्डाखुल्डी सडक छल्दै म किनारै किनार लागें । थोरै मोड आयो। म खोला किनार देउबाट हिंडें,जहाँ सिमेन्टका पिलर ठड्याएर बनाइएको बार थियो। छेउ-छाउमा केहि रूखका बिरुवा पनि थिए।
मलाई पछ्याउँदै हिडेका ति पुरुषहरु मेरो समानान्तर दूरिमा सडक पेटिबाट हिडिरहेका थिए। तिनिहरु आपसमा गफ गर्दै हिडिरहेका थिए । त्यहिं मोडको दाँयापट्टि उचाइमा एउटा चिया पसल थियो । उनीहरु त्यहि चिया पसलमा छिरे। चिया अर्डर गरे, साथै एउटाले चुरोट पनि माग्यो । मेचमा बसेर चुरोट हातमा लिएर सल्काए। उनीहरु आपसमा आमने- सामने परेर बसेका थिए । सडक तिर फर्किएको पुरुषले चुरोट सल्काउन खोज्यो र सँगैको साथीलाई केहि भन्यो। चुरोट सल्काउने मान्छे-यो सडक तिर फर्कियो । चुरोट हातमा लिएको पुरुषले ओठमा च्याप्दै सलाई कोर्यो । त्यसपछि ऊ केहि बोलिरहेको थियो । किनकि चुरोट सल्काउने मौकामा बोलिरहेकोले चुरोट तल-माथि हल्ली रहेको थियो । चुरोट सल्किरहेको थिएन । उसले बोल्न रोक्यो र चुरोट सल्कायो ।
दोस्रो पुरुषले फेरि एकपल्ट सडक तिर हेर्यो । त्यति बेला उसले मेरो पछाडिको भाग मात्र देख्यो होला,किनभने म अलि पर पुगिसकेको थिएँ । म प्रतिको उनिहरुको हेराइले मलाई गिज्याइरहेको जस्तो आभाष भयो । त्यति नै बेला एउटा मोटर-साइकल हुइयाँ..गर्दै बत्तियो । मोटरसाइकलको वेगले एउठा नमिठो ध्वनि छोडेर गयो। त्यो वेगमा शब्दमिश्रित ध्वनि थियो । त्यो शब्द थियोञञ मेरो मुद्धा विपक्षमा फैसला भयो।’
बिहान कलेज पढ्न जाने विद्यार्थि सडकमा देखिन थाली सकेका थिए । सडक छेउको एउटा गल्लीबाट एउटी युवति निस्किई । उ कलेज युनिफर्ममा थिई । किताबको एउटा गर्हौ झोला पनि भिरेकि थिई । उ पनि मेरो समानान्तर बाटोमा हिडिरहेकी थिई। त्यति नै बेला उसको मोवाइलमा घण्टी बज्यो। पाइन्टको खल्तीबाट मोवाइल निकाली र रिसिभ गरी । उताबाट फोनमा बोल्ने महिला कै आवाज थियो। उताबाट के सोधिएको थियो मलाई थाहा भएन। कलेज पढ्न जाने विद्यार्थि सडकमा देखिन थाली सकेका थिए । सडक छेउको एउटा गल्लीबाट एउटी युवती निस्किई । उ कलेज युनिफर्ममा थिई । किताबको एउटा गर्हौ झोला पनि भिरेकी थिई । उपनि मेरो समानान्तर बाटोमा हिडिरहेकी थिई। त्यति नै बेला उसको मोवाइलमा घण्टी बज्यो। पाइन्टको खल्तीबाट मोवाइल निकाली र रिसिभ गरी । उताबाट फोनमा बोल्ने महिलाकै आवाज थियो। उताबाट के सोधिएको थियो मलाई थाहा भएन।
उ यताबाट उत्तर दिइरहेकी थिइ ।
‘म निस्कि सकें।’
‘हिंडें।’
‘ल आइज म कुरिरहन्छु ।’
‘सँगै गफगर्दै जाउँला।’
करिब पाँच मिनेटको अन्तरालमा अर्की युवती आइपुगि ।
नवयुवतीले केहि आश्चार्य लाग्दो कुरा सुनाए जस्तो उत्साहित मुद्रामा बोली । उनीहरुले के कुरा गरे पत्तो पाइन ।
उनिहरुले सानो स्वरमा गफ गर्दै थिए।
मैले यतिमात्र सुनें,ञञए..ला.., होर र ?’
‘ हो नी, क्या ब्याड न्यूज ।’
‘समाजमा पुरै विकृति फैलिईसक्यो। अन्याय,अत्याचार मेरो बाबा भन्दै होइसिन्थ्यो-अवका दिनमा स्वतन्त्रपूर्वक बाँच्न गार्हो छ। जताततै भ्रष्टाचार, विकृति, विसङ्गति मात्र छरे ।’
‘अव के गर्ने होला है?’
‘खै !म त सोच्न सकिरहेको छैन ।’ उनिहरु गफ गर्दै हिडिरहेका थिए ।
क्याब कलेज धोबीखोला किनारको सडकसँगै छ । उनीहरु सडकसँगै जोडिएको कलेजगेटबाट भित्र छिरे । उनीहरु यसै कलेजका म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरु थिए । कलेजको गेटबाट छिर्नेबेला उनीहरु दुबै जनाले एकचोटी मलाई फर्किएर हेरे । त्यतिबेला म पनि उनीहरुको कलेज गेट सामुन्ने पुगेको थिएँ । म रोकिएको थिइन् । निरन्तर आपना पदचाप अगाडी बढाइरहेको थिएँ। तर कता कता मेरो पाइला एक कदम पछाडी सर्यो ।
कलेज गेटबाट ति दुई युवतीहरु भित्र छिरी सकेका थिए। तर दुईयुवती गेटमा उभिएर मलाई नै गिज्याईरहेको जस्तो लाग्यो ।
मैले जबर्जस्त आफ्नो पाइला अगाडी बढाएँ र त्यहि शब्द मिश्रितध्वनिको पुनरावृति भयो,’म दलित भएकै कारण मेरो मुद्धा विपक्षमा फैसला भयो।’
यसो घडी हेरें, सात बजेछ । भत्केको पुलबाट चाबहिल गणेश मन्दिर निस्कने बाटो लागें । बाटो अलि उकालो थियो । आज मलाई यो उकालो हिड्न केहि असजिलो महसुस भयो। अघिपछि सामान्य दिनहरूमा फटाफट् हिड्थें । आज विस्तारै हिंडें। दुइ ठाउँमा घरको पेटीमा ढाड्स लिएँ । खै किन हो यति हिडाइले पनि खुझ्या..खुझ्या आइरहेको छ । बल्ल तल्ल गणेश मन्दिर चोकमा निस्किए । आज गणेश मन्दिर परिक्रमा गर्ने जाँगर पनि चलेन। त्यतिकै घर गएँ । गेट खोलें । गेट खोल्दाको आवाज बेग्लै थियो। गेटको ढोका भित्तामा ठोकिएर ड्याङ बजारियो । त्यसबाट ठुलो आवाज आयो । केही बेर सन्नाटा छायो । म गेटबाट भित्र छिरें । तर मनिङ्गवाकमा जानेबेला पछाडिवाट कसैले लखेटिरहेको जस्तै भएको थियो । अहिले भित्र छिर्ने बेलामा पनि त्यहि प्रतिक्रिया दोहोरिएको छ । फेरि अर्को एउटा त्यहि कारुणिक र विचलित शब्द दोहोरिन्छ,’मेरो मुद्दा विपक्षमा फैसला भयो।’
नेत्रलाई उसकी श्रीमतीले खाना तयार भएको संकेत गर्छिन । उनी भान्छामा छिर्छन् । बेसनमा हात धुन्छन र राउण्ड टेवलको एकापट्टि कुर्सीमा बस्छन । श्रीमतीले खाना पस्किएर थाल टेबलमा राखिदिइन्। थाल डङरङ्ग भुइँमा झर्छ । उनले मुखमा गाँस हाल्न खोज्छन,पहिलो गाँस नै मुखभित्र जाँदैन।
चम्चामा लिएको खाना थालमा खस्छ । उनको अगाडी गिलासमा राखिएको पानी अचानक श्रीमतीको हात ठोकिन्छ र गिलास ढल्छ । पानी पोखियो । टेबलबाट बगेको पानीले उनको पाइन्ट भिज्यो । दुबै जोरपोई अलमल्ल परे । नेत्रलाई खाना निलौं कि छोडौँ हुन्छ ।
‘आज के भै रहेको छ ।’ नेत्रकी श्रीमती भन्छिन् ।
‘ खै! अरुदिन यस्तो कहिल्यै भएको थिएन्।’
‘खानाको थाल टेबलमा राख्दा पनि ठुलो आवाज आयो । मुखमा हालिसकेको गाँस बाहिर खस्यो । पानीको गिलास ढल्यो। यो त राम्रो संकेत मानिदैन’ नेत्रकी श्रीमतीले भनिन्।
‘आज बिहान देखि नै मलाई यस्त्तै केहि कुराले पछ्याइरहेको छ’ नेत्रले भने ।
‘है के भन्नुहुन्छ ? हजुर ! उनले आश्चर्य मानिन्।
‘हो, अहिले यहाँ जे घटना परिघटना देखियो, त्यो सबै यसैको प्रतिकात्मक संकेत हो।’
‘मैले हजुरको कुरा नै बुझिन ।’
‘आज बिहान उठने बेलामा मलाई एउटा आकाशवाणी भएको जस्तो लाग्यो । अहिले पनि बारम्बार त्यहि शब्द दोहोरिइरहेको छ। सपना पनि देखेको होइन । पूर्णरुपमा बिउँझेको पनि थिइन् । जब त्यो शब्द मेरो कानमा परेको आभाष भयो,त्यस पछि म झल्याँस्स बिउझिएँ।’नेत्रले भने ।
‘के आश्चर्यलाग्दो कुरा हो यो । यस्तो के हुन सक्छ ?’ नेत्रकी श्रीमतीले हठात बोलिन् ।
नेत्रले भने,’मैले सुनेको त्यो शब्द – मैले मुद्दा हारें।’
यतिखेर पनि,त्यहि शब्दले मलाई खेदिरहेको छ।
गेटमा ड्राइभरले गाडीको हर्न बजायो । नेत्रले यसो घडी हेरे। अफिस जाने समय भइसक्यो । हतारिदै भान्छावाट निस्किए । आफ्नो युनिफर्म लगाए। आज लुगा लगाउँदा पनि असजिलो महसुश भइरहेको थियो । यहि लुगा जिउमा कता कता बाँधिएको, कता कता कसिएको जस्तो भान भयो । सिधा लगाएको टोपी बाङ्गो छ कि ? छड्के त लगाइएको छैन र? चस्मा किन मिलिरहेको छैन जस्तो छ ? यो दारी पनि हिजो मात्र काटेको हो। बढे-बढे जस्तो लाग्दैछ ? कि जुँगा पनि मिलेको छैन् ? ड्राइभर आफ्नो रफ्तारमा गाडी चलाइरहेको छ। ऊ मौनतामा छ । तर मेरो मनभरि नाना प्रकारका तरङ्गले गिजोलिरहेको छ। मनका प्रश्नहरूको उत्तर नपाउदै कार्यालय आइपुगेँ।
ड्राइभरले गेटबाट गाडी भित्र छिरायो । मलाई कार्यालय चढ्ने सिँडीमा छोडेर गाडी पार्किङतिर हुईकियो । मानिसहरुको चहलपहल बढी सकेको थियो। कालाकोट लगाएका वकिलसापहरुको दौडधुप देखिन्थ्यो । सर्वसाधरणहरू पनि उत्तिकै थिए । त्यहि भिडमा म एउटा पात्रलाई देखिरहेको थिएँ। भनौ, मेरा आँखा बारम्बार तिनै पात्रमा परिरहन्थ्यो ।
उनी हतास देखिन्थिन्। शरीर दुब्लो थियो । कपाल कोरिएको, पछाडी बाँधिएको तर छरपष्ट जस्तो नमिलेको थियो । एउटा केही पुरानो देखिने तर धोएर सफा भएको कुर्था सलवाल लगाएकी अन्दाजी ४२ वर्षकी आईमाई थिइन्। उनले चप्पल लगाएको तर केहिदिनदेखि नधोइएको थियो। मानौं काठमाडौँको धुलो-हिलोमा हिँड्दाको फोहोर बाँकि छ । हातमा एउटा लेडिज ब्याग पनि झुण्डिएको थियो । अनुहारमा कुनै हाँसो र प्रसन्नताको नाम थिएन् । सायद उनी कसैद्वारा पिटिएकी थिइन् । समाजद्वारा नै पिटिएकी र दबाइएकी थिइन् । कुनै व्यक्तिद्वारा अपमानित र अपहेलित भएकी थिइन् । आर्थिक र सामाजिक विभेदमा परेकी थिइन्। उनलाई उपल्लो जात र वर्गप्रति घृणा र तिरस्कार थियो। उनी न्याय र समानताको लागि लडिरहेकी थिइन् । कसैप्रति दिएको सजायको फैसला सुन्न आतुर थिइन र आफूले न्याय पाउने आशामा याचना गरिरहेकी थिइन् । उनको मनोविज्ञानले यही संकेत गरेको थियो ।
म आफ्नो कार्यकक्षमा गए । कार्यालय सहयोगी आफ्नो नियमित कार्यमा व्यस्त थिए। आफ्नो कुर्सीमा बसें । नेपथ्यमा कोही बोलेको आवाज आयो । हरे,कोही देखिन् । मेरो इजलास सानदार थियो । दाँयापट्टी एसी राखिएको छ । काठका कलात्मक बुट्टाले सजाइएको छ। मेरो अगाडिको टेबल सफा र चम्किलो छ । दराजमा कानुनका दस्तावेजहरु सजिएका छन् । रातो, कालो रंगका केही जोडी रङ्गीन कलमहरु छन । टेवलमा केही फाइलका चाङहरु पनि छन् । कम्युटरको स्किन छोपिएको छ । टेबलमाथि नेपालको राष्ट्रिय झण्डा थियो। तलतिर मिलाएर राखिएका कुर्सी र टेबुलहरू थिए । बादी-प्रतिबादीका कानुन व्यबसायीले वकालत गर्न छुट्टै मेच र टेबुल छन् । दर्शक दीर्घाहरू रहने, बस्ने कुर्सी र टेबुलहरू छन् । एकापट्टी साइडमा टिप्पणी लेख्ने टिप्पणीकारहरूको मेच र टेबल छ ।
म त्यही कुर्सीमा निरास मन लिएर बसिरहेको थिएँ । एकाएक मेरो आँखा टेबलको फाइलमा पुग्यो । पहिलो फाइलले मलाई सशंकित बनायो । मैले धर्ती भासिएको महसुस गरें।
त्यो फाइलमा लेखिएको थियो-फाइल नम्बर १५
जिल्ला -काभ्रेपलान्चोक जिल्ला अदालत ,धुलिखेल
मुद्दा- छुवाछूत ,भेदभाव तथा कुटपिट
बादी- गोमा परियार
प्रतिवादी-हरिकृष्ण लामा
मैले कार्यालय सहयोगीलाई बोलाएँ । कार्यालय सहयोगी आए र मैले उनलाई भनें, ‘आजका सबै काम नहुने’ जानकारी दिदै १५ नम्बरको फाइलमा उल्लेखित बादीपक्षलाई इजलासमा उपस्थित हुन आदेश दिए । मेरो इजलासको १५ नम्बर फाइल बाहेक सबै फाइलहरू लैजान आदेश दिएँ ।
कार्यालयको बाहिरी प्राङ्गणमा सुन्नको लागि माइक राखिएको छ। ११: ३० बजिसकेको थियो । प्राङ्गणमा भिडभाड र चहलपहल थियो । इजलासहरु धमाधम सुरु भई सकेका थिए । माइकमा आवाज गुन्जियो ।
माइकिङ गर्ने व्यक्तिले भने- ‘गोमा परियार र हरिकृष्ण लामा एक नम्बर इजलासमा उपास्थित भइ दिनुहोला।’

