
काठमाडौँ ।नेपाली भाषा, साहित्य, कला, संस्कृति, शिक्षा तथा सिर्जनशीलताको क्षेत्रमा योगदान पुर्याउँदै आएका स्रष्टा तथा प्रतिभाहरूलाई नूर–गंगाप्रतिभा पुरस्कार गुठीको वार्षिक पुरस्कार वितरण गरिएको छ ।
प्रतिनिधिसभाका सम्माननीय सभामुख देवराज अर्यालको प्रमुख आतिथ्य तथा गुठीका अध्यक्ष प्रा.डा. गोविन्द नेपालको अध्यक्षतामाभएको उक्त कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट स्रष्टाहरूलाई नगद पुरस्कार तथा सम्मानपत्र अर्पण गरिएको थियो ।
रु.१ लाख राशि रहेको ‘नूर-गङ्गा बालसाहित्य राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार’ लमजुङका मुक्तिनाथ शर्मा न्यौपाने र स्याङ्जाका देवीप्रसाद बनवासीलाई संयुक्त रूपमा प्रदान गरियो । त्यस्तै रु. १ लाख राशिको ‘नूर-गङ्गा लोकगीत गायन राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार’ स्याङ्जाका क्षेत्रबहादुर गुरुङ र कास्कीका पूर्ण नेपालीलाई संयुक्त रूपमा अर्पण गरियो ।
रु.पचास हजार नगद राशिको क्षेत्रीय र नवप्रतिभा पुरस्कार रुपन्देहीका वनमाली निराकारलाई ‘साहित्य क्षेत्रीय स्थापित प्रतिभा पुरस्कार’ र नवलपरासीका पदमध्वज के.सी.लाई ‘लोकगीत गायन क्षेत्रीय स्थापित प्रतिभा पुरस्कार’ प्रदान गरियो ।
कार्यक्रममा रु.३० हजार राशिको ‘साहित्य राष्ट्रिय नव प्रतिभा पुरस्कार’ ललितपुरकी आँचल श्रेष्ठ र ‘लोकगीत गायन राष्ट्रिय नव प्रतिभा पुरस्कार’ नवलपुरका अर्जुन सापकोटाले प्राप्त गरे ।
साहित्य र लोकसंस्कृतिका क्षेत्रमा निरन्तर योगदान पुर्याएबापत रामबाबु नेपाल, डा. कमलराज पौड्याल र प्रा.डा. सावित्री कक्षपतीलाई विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा ‘नूर-गङ्गा’ पुरस्कार र प्रतिभा कृतिको लोकार्पणसमेत गरिएको थियो ।
गुठीका उपाध्यक्ष प्रा.डा. भवेश्वर पंगेनीद्वारा स्वागत गरिएको सो समारोहमा प्नमुख अतिथि लगायत मञ्चासिन व्यक्तित्वहरुले संयुक्त रुपमा ‘नूर-गङ्गा पुरस्कार र प्रतिभा’ कृति लोकार्पण गरिएको थियो ।
समारोहका प्रमुख अतिथि सम्माननीय प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले भाषा, साहित्य, कला र संस्कृति राष्ट्रको पहिचान तथा सामूहिक स्मृतिका आधार भएको बताउँदै यसको संरक्षण र प्रवर्द्धन राज्य, समाज र प्रत्येक पुस्ताको साझा दायित्व भएको उल्लेख गरे । “राष्ट्र केवल भूगोलले बन्दैन; राष्ट्र आफ्नो भाषा, संस्कृति, इतिहास, साहित्य र सामूहिक स्मृतिले बन्छ।” सभामुख अर्यालले भने ।
गुठीका उपाध्यक्ष प्रा.डा. भवेश्वर पंगेनीद्वारा स्वागत गरिएको सो समारोहमा
गायकहरू अर्जुन सापकोटा, पूर्ण नेपाली र क्षेत्रबहादुर गुरुङले साङ्गीतिक प्रस्तुति दिएका थिए ।
गुठीका अध्यक्ष प्रा.डा. गोविन्द नेपालको अध्यक्षतामा भएको कार्यक्रम गुठीका उपाध्यक्ष प्रा.डा. भवेश्वर पंगेनीद्वारा स्वागत गरिएको सो समारोहमा को सहजीकरण गुठी प्रबन्ध समितिका सदस्य यादव भट्टराईद्वारा गरिएको थियो ।
