
ललितपूर । गजलकार जुमन किरणको गजलकृति ‘मौन आवाज’माथि परिचर्चा गरियो ।
समीक्षक प्रा.डा.नारायण गैरेले कृतिमाथि समीक्षात्मक टिप्पणी राखे ।
बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यताम उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जुमन किरणकृत मौन आवाजका विभिन्न गजलहरु पनि बाचन गरिएको थियो ।
समीक्षक प्रा.डा.नारायण गैरेले ‘काफियाहरु पुनरावृत्ति भएका छैनन् । विषयगत विविधताका विषयहरु जोडिएर गजल आएका देखिन्छन् । भोगाइ,अनुभव र अनभूतिहरु गजलमा आएका छन् । लय र छपाइगत त्रुटी केही रहेका’ भन्दै शब्दभण्डार बलियो भएकी मुक्तककारको रुपमा किरणको चर्चा गरे ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य त्रैलोक्यमान बनेपाली,प्राज्ञ सभा सदस्य चेतनाथ धमला,प्राज्ञ सभा सदस्य पञ्चकुमारी परियार,वरिष्ठ कथाकार धुव्र मधुकर्मी लगायतको उपस्थिति रहेको थियो ।
श्रीराम पौडेलको अध्यक्षतामा तथा सम्पन्न उक्त कार्यक्रममा गजलकार जुमन किरणले धन्यवाद ज्ञापन गरिन् ।
कार्यक्रममा विनोद खत्री आकाशले स्वागत मन्तब्य राखेका थिए ।
कार्यक्रममा ‘इ खबर नेट’ मिडिया सहयोगी रहेको थियो ।




