
काठमाडौँ ।स्पेनिस क्बल रियाल मड्रिडले यूइएफए च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा इटालीको इन्टर मिलानविरुद्ध २–१ को जित निकालेको छ ।
मंगलबार स्यान्टियागो बर्नाबेउमा घरेलु टोली रियाललाई जित दिलाउन किलियन एमबाप्पे र कप्तान फेडेरिको भाल्भर्डेले गोल गरे । इन्टरका लागि कार्लोस अगस्टोले गोल फर्काए ।
खेलको १४औँ मिनेटमा एमबाप्पेको गोलमार्फत रियालले अग्रता लिएको थियो । उनले ब्राहिम डियाजको पासलाई सदुपयोग गरे ।
त्यसको ९ मिनेटपछि नै भाल्भर्डेले टोलीको अग्रता दोब्बर बनाए ।
अगस्टोले ७७औँ मिनेटमा गोल गर्दै इन्टरलाई खेलमा फर्काउने पयास गरे पनि त्यो पर्याप्त बन्न सकेन । उनले लाउटरोमा मार्टिनेजले मिलाएको पासलाई जाली चुमाएका हुन् ।
रियाल घरेलु मैदानमै निकै दबाबमा परेको थियो । खेल अधिकांश समय इन्टरकै नियन्त्रणमा थियो ।

