
काठमाडौँ ।भदौ १० गते तिब्बतबाट भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३६६ पुगेको छ।
मंगलबार बेलुकी ८ बजेसम्मको विवरण अनुसार ५३३ पुरूष, ३३१ महिला र ५०२ जनाको आंशिक अंगसहित १३६६ जनाको शव भेटिएको हो।
अहिलेसम्म १०२ जनाको मात्रै शव हस्तान्तरण गरिएको छ।
बाँकीको डिएनए नमूना लिइएको छ। १२८६ शवको डिएनएन संकलन सकिँदा मृतकका आफन्तहरू १४१२ जनाको डिएनए संकलन भएको छ।
बाढीमा परेका ४ हजार ७७ जना अझै सम्पर्कविहीन छन्।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणमा नेपाली नागरिकहरू २ हजार ९०७ पुरूष, ५७२ महिला तथा विदेशी नागरिकहरू २६९ पुरूष र ३२९ जना सम्पर्कविहीन रहेको बताईएको छ ।


