
चर्चामा पुस्तक
हास्यको हलुवा
रामकुमार पाँडे नेपाली साहित्यमा स्थापित नाम हो । यस्तै नेपाली हाँस्यव्यङ्ग क्षेत्रमा पनि उनको चर्चा चूलिएको छ । हास्यको हलुवा समसामयिक राजनीतिक क्षेत्र भित्रका विकृति र विसङ्गतिहरुमाथिको तिब्रतर व्यङ्गले भरिएका विभिन्न शिर्षकृत १२ थान व्यङ्ग लेखसङ्ग्रह हो ।
सरल भन्दा सरल विषयवस्तुमा गहिरिएर व्यङ्ग प्रहार गर्ने बेजोडको खुबी पाँडेमा छ । देशमा बदलिएको राजनीतिक व्यवस्था र तिनका भित्री अन्तरकुन्तरमा समेत मौलाएको विकृतिप्रति दर्विलो कटाक्ष यहाँ पढ्न पाइन्छ ।
हास्यको हलुवालाई हासनेले वि.सं.२०८२ सालमा प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.२५०।रहेको छ ।
बुद्धकालीन समाज
उमाकान्त पौड्यालको पाली त्रिपिटकको आधारमा लेखिएको बुद्धकालीन समाजले बुद्ध,बुद्धको धार्मिक मन्तव्य र तत्कालीन परिवेशको बारेमा यथेष्ठ जानकारी दिन्छ ।
सरल भाषाशैलीमा बुद्धकालीन समाजका थुप्रै पक्षहरुको बारेमा जानकारी दिने उनको प्रयास देखिन्छ । तथ्यपरक कृतिले वास्तविकता उजागर गरेको पाइन्छ ।
विद्यार्थी,शिक्षक र अनुसन्धानकर्ता समेतलाई कृति लाभप्रद छ । यसले समग्र बुद्धकालीन समाजलाई चिनाउँन प्रयास गरेको छ ।
बुद्धकालीन समाजलाई फाइन प्रिन्टले प्रकाशनमा ल्याएको हो।यसको मूल्य रु.६४०। रहेको छ ।







