
काठमाडौं ।विचार, सिर्जना र परिवर्तनको यात्रालाई निरन्तरता दिँदै आएको अखिल नेपाल प्रगतिशील लेखक संघ (अन्पा) को प्रथम भर्चुअल राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।
सम्मेलनले संस्थाको नाम परिवर्तन गरी अबदेखि ‘सिर्जना डबली’ का रूपमा परिचित हुने निर्णय गरेको छ।
वि.सं. २०७३ वैशाख २३ गते स्थापना भएको अन्पाको ऐतिहासिक सम्मेलनको उद्घाटन प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीले गरे।
समारोहलाई सम्बोधन गर्दै उनले सामन्तवाद र साम्राज्यवादविरुद्ध सिर्जनात्मक क्षेत्रमा सक्रिय स्रष्टाहरूलाई अझ फराकिलो रूपमा संगठित गर्न सिर्जना डबलीको आवश्यकता रहेको बताए।
सम्मेलनले पारित गरेको विधानअनुसार सामन्तवाद, दलाल पुँजीवाद र साम्राज्यवादविरुद्ध सिर्जनात्मक क्षेत्रमा सक्रिय जुनसुकै देशका नागरिक संस्थाको सदस्य बन्न सक्नेछन्। साथै, सिर्जना डबली कुनै पनि राजनीतिक दलको जनवर्गीय संगठन नभएको स्पष्ट गरिएको छ।
सम्मेलनले समीर सिंहको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा प्रदीप प्रधान (काठमाडौं), जगतप्रसाद रेग्मी (दैलेख) र कल्पना पौडेल ‘जिज्ञासु’ (बाँके) चयन भए। महासचिवमा भिष्म जोशी (बैतडी) तथा सचिवमा मीन राना (युके), तारामणी न्यौपाने (कञ्चनपुर) र वैरागी जेठा (काठमाडौं) चयन भए। कोषाध्यक्षमा ऋतु केसी (काठमाडौं) तथा सचिवालय सदस्यमा प्रकाश थापा (गुल्मी), जीवनारायण खनाल (अर्घाखाँची) र रामप्रसाद गैरे (पाल्पा) चयन भएका छन्।
त्यसैगरी २७ जना केन्द्रीय सदस्य चयन गरिएको छ भने दुई पद रिक्त राखिएको छ। समितिका केन्द्रीय सदस्यहरुमा मनीराम खनाल (दाङ),अजय गिरी (कालीकोट)। प्रेम गायक (कास्की), कमल कार्की (पाँचथर),गुरुप्रसाद कुमाल (दाङ) , भक्त विश्वकर्मा (दैलेख), धनवीर पुन (प्युठान), सुमन थापा ‘सङ्गम’ (काठमाडौं) ९। केशव निमेष (बाँके), नभ प्रगति (बझाङ), ध्रुव गिरी (प्युठान), खुमीराम भण्डारी (साउदी अरब), जीविका ‘अश्रु’ खतिवडा (सिक्किम, भारत) , नवीन बस्याल (जापान), भोला ढकाल (गोरखा) समष्टि बुढा (रुकुम पश्चिम) , मेरजङ्ग शाही (कैलाली) कृष्ण भुसाल (अर्घाखाँची) , लक्ष्मण बेल्बासे (काठमाडौं) , ईश्वरी भट्ट (कञ्चनपुर) दीप गोले (रौतहट) , विनिता देवकोटा (गोरखा) ,सीता मगर (रुकुम पश्चिम) ,अञ्जना श्रेष्ठ मास्के (कपिलवस्तु), विरेन्द्र भण्डारी (बैतडी), मदन पाण्डे (दाङ), टीका सङ्गम विक (बागलुङ) रहेका छन् ।
सम्मेलनले गठन गरेको सल्लाहकार समितिमा रामप्रकाश पुरी, मनोज भट्ट, प्रा.डा. श्रीधर गौतम, तुलप्रसाद विक ‘राजेश’, रामदेव पाण्डे, गिरीप्रसाद बुढा र लक्ष्मणदेव पाण्डे छन् ।
यसैबीच, १६ वर्षमुनिका बाल स्रष्टाहरूलाई संगठित गर्ने उद्देश्यले ‘बाल सिर्जना डबली’ गठन गरिएको छ। समितिको संयोजकमा ममता रावत (बाँके) चयन भएका छन्। बाल डबलीका सदस्यहरुमा सान्वी जोशी बैतडी,हितेश पौडेल (बाँके),सङ्घर्ष न्यौपाने (काठमाडौं) , स्पर्श अधिकारी (काठमाडौं),समृद्धि प्याकुरेल (बाँके), शिशिर पराजुली ृकाठमाडौं), दिपिसा महतारा (बाँके), दिक्षा महतो (बाँके) , अग्रिम सापकोटा (बाँके) रहेका छन् ।
कार्यक्रममा संस्थाका सल्लाहकार मनोज भट्ट, अफ्फाका अध्यक्ष भैरव रेग्मी, अने महिला संघकी अध्यक्ष मीना पुन, अखिल छैटौंका अध्यक्ष सुवास जिसी, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष सप्तमान बुढाथोकी, अने जनजाति सम्मेलनका अध्यक्ष निम बुढाथोकी तथा अन्लाका महासचिव लक्ष्मणदेव पाण्डेलगायतले शुभकामना मन्तव्य राखे ।
कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष समीर सिंहले गरेका थिए । भने महासचिव भिष्म जोशीले सञ्चालन र उपाध्यक्ष रामदेव पाण्डेले स्वागत मन्तव्य राखे ।
सम्मेलनको दोस्रो तथा बन्द सत्र लक्ष्मणदेव पाण्डे, मीना पुन र रामदेव पाण्डेको अध्यक्षमण्डलमा सम्पन्न भएको थियो।
सम्मेलनले प्रगतिशील साहित्यिक आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने तथा देश–विदेशमा रहेका स्रष्टाहरूलाई साझा सिर्जनात्मक मञ्चमा आबद्ध गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।




