
काठमाडौँ । सरकारले संसद्मा चारवटा नयाँ विधेयक दर्ता गरेको छ ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, सहकारी पहिलो संशोधन विधेयक, सम्पत्ति शुद्धीकरणसम्बन्धी (तेस्रो संशोधन)विधेयक र सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक दर्ता गरेको हो ।
गत शुक्रबार सरकारका तर्फबाट पेस गरेका विधेयक दर्ता गरी संसद् सचिवालयले वेबसाइटमा प्रकाशित गरेको हो ।


