
गजल
शिव त्रिपाठी
आँखा जुधाऊ अनि प्यार हुन्छ
औंला चलाऊ अनि प्यार हुन्छ
मुस्कान का साथ समीप आई
केही बताऊ अनि प्यार हुन्छ
आफ्नै हिया को मुटु ढुकढुकी को
नाता लगाऊ अनि प्यार हुन्छ
राखेर तिम्रो शिर लक्ष मा यो
आऊ निदाऊ अनि प्यार हुन्छ
संकोच लज्जा डर त्रास जे छन्
सारा भगाऊ अनि प्यार हुन्छ
हेमजा,पोखरा