
‘मुक्तक सुन्ने सुनाउने’ ‘मुक्तक साधक’समाजको प्रथम कार्यक्रम साहित्यकार प्रमोद नेपालको सभापतित्वमा सम्पन्न भयो ।
स्वागत मन्तव्य प्रकट गर्दै कार्यक्रमका संयोजक मुक्तककार तथा मुक्तक अभियन्ता मदन नेपालले मुक्तक सुन्ने र सुनाउने कुनै मञ्च नभएको र मुक्तक लेख्न सिकाउने पनि कतै गर्ने गरेको नपाइएकोले सो कुरालाई मध्यनजर राखी पाँच जना बाट शुरु गरिएको अभियानमा २३ जना सामेल भएकोले कार्यक्रम सम्पन्न गर्न सम्भव भएको जानकारी दिनु भयो ।
विशेष अतिथि बरिष्ठ गजलकार मुक्तककार ज्ञानुवाकर पौडेलले कार्यक्रमको सह्राहना गर्दै गजलकारका बीचमा विवाद रहेकोले गजलकार मुक्तक विधातर्फ आकर्षित हुँदै गइरहेका, जसले गर्दा मुक्तक विधा फस्टाउँदै गएको बताउँदै यस्तो कार्य सह्रानीय छ भन्नू भयो । विशेष अतिथि बरिष्ठ साहित्यकार विजय ध्वज थापाले मुक्तकको उन्नयनका लागि यस्तो संस्था आवश्यक छ भन्नू भयो । गीतकार सुभाष चन्द्र ढुंगेलले मुक्तक विधाका बारेमा जानकारी गराउँदै चारवटा मुक्तक वाचन गर्नु भयो ।
सभाका अध्यक्ष साहित्यकार प्रमोद नेपालले एक्काइस जनाको साझा समाजले मुक्तक विधालाई नयाँ उँचाईमा पुर्याउने छ भन्ने विश्वास जनाउँदै दसैको वेलामा पनि उपस्थित भै कार्यक्रमलाई सफल बनाउनु भएकोमा उपस्थित सबैलाई धन्यवाद दिनु भयो ।
साहित्यकार डा। भरत भट्टराईको मोतिराम भट्टका मुक्तक वाचन र विश्लेषणबाट शुरु भएको कार्यक्रमका संचालक साहित्यकार राजेश मान के सी हुनुहुन्थ्यो । चालीस जना जति साहित्यकारको उपस्थिति रहेको सो कार्यक्रममा अठ्ठाइस जना मुक्तककारले मुक्तक वाचन गर्नु भएको थियो ।








