
काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सी घरेलु मैदानमै टोटनहमसँग २–० ले स्तब्ध बनेको छ ।
स्टामफोर्ड ब्रिजमा टोटनहमलाई जित दिलाउन म्याथिस टेलले एक गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७औँ मिनेटमा चेल्सीका गोलकिपर माइक पेन्डर्सबाट आत्मघाती गोल हुनपुग्दा टोटनहमले अग्रता लिएको थियो ।
फरवार्ड कोल पाल्मरले ८०औँ मिनेटमा दोहोरो पहेँलो व्यहोर्दै मैदान छाडेपछि चेल्सी १० खेलाडीमा समेटियो । निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा टेलले टोटनहमका लागि दोस्रो गोल गरे ।
जितसँगै आठ खेलमा ९ अंक जोडेको टेटनहम १२औँ स्थानमा छ । पराजित चेल्सी समान खेलबाट १३ अंकका साथ चौथौ स्थानमा छ ।
