
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने तराई भू-भागको मौसम मुख्यतया सफा रहनेछ ।
कोसी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।
आइतबार राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । देशका बाँकी हिमाली र पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्नेछ ।

