काठमाडौं ।नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिंगको रिटमाथि आज सुनुवाई सकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्धय डा.कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासमा रिटमाथि मंगलबारदेखि सुनुवाई भएको हो ।
आफुलाई मन्त्रीपरिषदले प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेपछि सरकारको उक्त निर्णय विरुद्ध कुलमान सर्वोच्च पुगेका थिए ।
अन्तरिम आदेश के आउँछ सबैको प्रतिक्षाको विषय बनेको छ ।









