
कविता
जिन्दगी जिउने बहानामा
राजीव श्रेष्ठ
जिन्दगी त जिउने बहाना मात्र हो
चाहना नभै कहाँ बाँच्न सकिन्छ र ?
मुस्कुराउनु त पीडा लुकाउने निहुँ मात्रै हो,
छालहरु नछिचोलिकन कुन गन्तव्य पुगिन्छ र ?
ज्वारभाटा अनि कालो बादल त वर्षा अडिने सतह मात्र हुन,
आँसुको समुद्र नपौडिकन कुन सम्बन्ध जोडिन्छ र ?
खुशीका पल र उज्यालो दिनहरु त आशाका किरण न हुन,
मार्ग प्रशस्त गर्न पाईला नचालेर कसको शरण पर्न सकिन्छ र खै ?
जिन्दगी त जिउने बहाना मात्र हो
चाहना नभै कहाँ बाँच्न सकिन्छ र खै ?

