काठमाडौँ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् ।
पार्टी सभापति गगनकुमार थापाले श्रेष्ठलाई कोषाध्यक्षमा मनोनीत गरेका हुन् ।
पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनीत गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।