
काठमाडौँ।गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावल (कैलाली)लाई नियुक्त गर्ने निर्णय गरिएको छ ।
बिहीबार (असार १८) सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट नियुक्त गर्ने निर्णय गरिएको हो ।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का (धनकुटा)लाई नियुक्त गर्ने निर्णय पनि गरिएको जानकारी दिए ।
सरकारले राष्ट्रिय सदाचार नीति, २०८३ स्वीकृत गरेको छ । साथै, राष्ट्रिय विज्ञापन नीति, २०८३ स्वीकृत गरिएको छ ।
