
काठमाडौँ। सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ६ दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले अनुसन्धान प्रक्रियाका लागि म्याद थपको अनुमति दिएको हो।
उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि गत असार ८ गते सुर्खेतबाट प्रहरीले पक्राउ गरेको थियो। उनीमाथि गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा छानबिन भइरहेको छ।
