
काठमाडौं ।साहित्यिक पत्रकार संघ काठमाडौंमा मुक्तककार पार्वती भट्टको दोस्रो कृति ‘शीतको समुद्र’ लोकार्पण कार्यक्रमको आयोजना गर्यो ।
संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि साहित्यकार डा. तुलसीप्रसाद भट्टराई लगायतले सो कृतिको लोकार्पण गरे ।
कार्यक्रममा लोकार्पित कृति’को वरिष्ठ समालोचक प्रमोद प्रधानले समीक्षा गर्दै भने.’सङ्ग्रहमा भएका मुक्तकहरू अत्यन्त प्रभावशाली छन् । मुक्तक विधामै साधनारत पार्वती भट्टको यो पुस्तकका आधारमा उनलाई नेपाली साहित्यको महत्त्वपूर्ण मुक्तककार भन्न सकिन्छ। ‘उनले नेपाली मुक्तकको विकासबारे पनि व्याख्या गरे।
मुक्तककार पार्वती भट्टले साहित्यप्रतिको रुचि वंशानुगत रूपमै आफूमा रहेको बताउँदै घर, परिवार, आफन्त र साहित्यकारहरूबाट प्राप्त ऊर्जा र उत्प्रेरणाका लागि सबैप्रति आभार व्यक्त गरिन् ।
कार्यक्रममा प्रमुख अतिथि डा. तुलसीप्रसाद भट्टराई, अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट अतिथिहरू ज्ञानुवाकर पौडेल, प्राज्ञ विवश पोखरेल, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष विश्वविमोहन श्रेष्ठ, केशवराज भट्ट, डा.मोहनप्रसाद भट्ट लगायतले पनि मन्तव्य आआफ्नो मन्तव्य राखे। ।
कवि गोकुल अधिकारीले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा लोकार्पित कृतिबाट कविहरू सीता आस्था ढुङ्गेल र मीना चौलागाईंले २र२ वटा मुक्तक वाचन गरे।
कार्यक्रममा कवि मुरारि सिग्देलले सहजीकरण गरेका थिए ।

