
काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबारका लागि इतर समूहको बैठक बोलाएका छन् ।
आज दिउँसो २ बजे गल्फुटारस्थित खड्काको निवासमा बैठक बस्ने तयारी छ ।
बैठकमा इतर पक्षको राष्ट्रिय भेलाको मितिबारे छलफल हुने स्रोतले बतायो । यसअघि इतर पक्षले सात वटै प्रदेशमा प्रदेश स्तरीय भेला गरिसकेको छ । सोही क्रममा असार १६ गते लुम्बिनी प्रदेशको भेला गरिएको थियो ।


