
मुक्तकहरु
ज्ञानु दाहाल
१.
एकहोरो होइन दोहोरो हुनुपर्छ सम्बन्ध
एक मात्र किन दुबैलाई छुनुपर्छ सम्बन्ध
सम्झी सम्झी तड्पिएर हरपल यहाँ हुन्छ के
यता चस्स घोच्दा उता मन रुनुपर्छ सम्बन्ध।
२.
एउटा औंला देखाएर एक हुन भनेथे
स्वाभिमान उच्च पारी शिर छुन भनेथे
वल्लो पल्लो छौडौ एकाघर बिरानो छ यहाँ
एकता कायम राख्न मनले गुन भनेथे।
३.
असल मान्छे दिन छोटो लिएर आउँछ
अपेक्षाभन्दा अधिक नै दिएर आउँछ
प्रकृतिको खेल यस्तै कि झेल नियतिको
सोच्यो भने प्रत्येक पल खिएर आउँछ।
४.
केही गर्नुछ भने हिम्मत राख्न सक्नुपर्छ
आफुले जीवनको किमत राख्न सक्नुपर्छ
खुट्टा तान्ने होच्याउने यस्ता भाँडहरुलाई
ठडिन नसक्ने गरी मत राख्न सक्नुपर्छ ।
५.
दुखीलाई दुखै सुख कतै घोल्दैन समाज
होची अर्घेली के कस्को बोल्दैन समाज
जस्लाई पर्यो उसैलाई मात्र जस्तो छ यहाँ
गल्ती कसको सही को किन बोल्दैन समाज ।
बनेपा ६ ,काभ्रे







