काठमाडौँ । विपिन जोशीको भिडियो सार्वजनिक गरेको छ । यो भिडियो इजरायली सेनाले ‘युद्धका क्रममा प्राप्त सामग्री’ मा फेला पारेको र इजरायली गुप्तचर निकायमार्फत परिवारसम्म पुर्याइएको जनाइएको छ ।
परिवारका अनुसार उक्त भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान गरिएको छ, जसमा विपिनलाई हमासको नियन्त्रणमा रहेको अवस्थामा देखिएको छ ।
विपिन जोशीको परिवारले विज्ञप्ति जारी गर्दै भनेका छन्- ‘त्यो भयानक हत्याकाण्डको दुई वर्ष पुगेको दिन, जसले हजारौं परिवारलाई शोकमा डुबायो र हाम्रो समय रोकेर राख्यो, हामीले हाम्रो प्रिय छोराको जीवनको संकेत साझा गर्ने निर्णय गरेका छौं । यो हाम्रो लागि ठूलो आस्था र आशाको आधार हो ।’ परिवारले भनेको छ- ‘दुई वर्षसम्म हामीले कल्पनासमेत गर्न सकेनौं कि विपिन गाजाको सुरुङभित्र अपहृत अवस्थामा छन् । तर अब त्यो कल्पना होइन, वास्तविकता हो । भिडियोमा देखिएको जीवनको संकेतले हामीमा विश्वास जगाएको छ कि उनी अझै जिउँदा छन् ।’