
यो जीवनलाई कागज सम्झी, जथाभावी केर्ने को हो
श्वास प्रश्वासलाई बन्धक बनाइ धड्कनहरु घेर्ने को हो??
भन्छन् माया अमर छ रे,तर किन यो बिछोड हुन्छ?
आफ्नै सपना सजाएर,आफ्नै हातले सेर्ने को हो??
मायाको जालमा फसेर ,मनले हार खाएको बेला
टुक्रीएको मुटुको घाउमा ,मलम लाउन टेर्ने को हो?
बाटो बिराएको यात्री जस्तै भएँ यो भीडको सहरमा,
मभित्रको यो मलाई, ऐनामा उभिएर हेर्ने को हो ?
किस्मतले लेखेको पिडाको अर्थ बुझ्ने कोहि भएन यहाँ
नानीराम अब त नियतिको यो कालो पन्ना फेर्ने को हो??
नानीराम बस्नेत
त्रिपुरासुन्दरी गा पा-3 धुस्कुन , सिन्धुपाल्चोक ।






