
धम्मपद शृङ्खला -४०
चित्त वर्ग
कुम्भूपमं कायमिमं विदित्वा नगरूपमं चित्तमिदं ठपेत्वा ।
योधेथ मारं पञ्चायुधेन जितं च रक्खे अनिवेसनो सिया ॥ ८ ॥
शरीर माटोको पैंटोजस्तै क्षणस्थायी छ भन्ने हेक्का राखेर
यो चित्तलाई नगरजस्तै सुरक्षित बनाई, प्रज्ञारूपी शास्त्रले मारलाई पछार्न मानिसले युद्ध गर्नू । मारलाई जितेर पनि अनासक्त भई आफ्नो चित्तलाई सधैं रक्षा गरिरहनू ।








