काठमाडौँ। “बुद्ध धर्म र व्यवसाय “विषयक कार्यपत्र प्रस्तुति एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
चिबहाल,ठमेल गौचरमा आयोजित उक्त कार्यक्रममा बुद्ध धर्म र व्यवसाय विषयमा कल्पना शाक्यले कार्यपत्र प्रस्तुत गरिन ।
उनले कार्यपत्रमा बौद्ध साहित्यमा उल्लेखित व्यवसायहरु,सुत्रहरुमा व्यापार सम्वन्धी उल्लेख,व्यवसायमा बुद्ध शिक्षाको महत्व,बुद्धको विभिन्न जातकमा भूमिका लगायतका विषयहरु समावेश थिए ।

कार्यपत्रमाथि रविन्द्र बज्राचार्यले टिप्पणी गरे । उनले अरुलाई हानीनोक्सानी नगरी व्यवसाय गर्न बुद्धले जोड दिएको बताए ।कार्यपत्रले बुद्ध धर्ममा व्यवसायिक सुशासनमा जोड दिएको कुरा ल्याएको बताए । अरुलाई खुशी पारेर काम लिनुपर्ने र व्यवसायमा हानीनोक्सानी हुँदैमा विचलित हुन नहुने बुद्धधर्मको कुरा वर्तमान समयमा उतिक्कै सार्थक रहेको कुरालाई कार्यपत्रमा उल्लेख गरिएको बताए ।
सहभागीहरुले बुद्धकालीन समयमा कस्तो व्यवसाय थियो,अठार बहाल,१९ विहार भन्दा पर कार्यपत्र किन आएन,बुद्धको दर्शन वर्तमान समयमा छर्नुपर्नेमा कतै संकुचन पो भयो कि?व्यवसाय गर्ने दोषी कि खानेलाई दोष लाग्छ? जस्ता जिज्ञासाहरु राखे । यी जिज्ञासामा शाक्यले प्रष्ट्रयाउने प्रयास गरिन ।

महायान बौद्ध समाजको आयोजना तथा चिवहाल परिवार,ठमेलको सहकार्यमा सम्पन्न उक्त कार्यक्रमको सभाध्यक्ष दिल बहादुर महर्जनले गरेका थिए ।
प्रदीप सापकोटाको सहजीकरणमा सम्पन्न कार्यक्रममा बसन्तराम नकर्मीले स्वागत मन्तव्य राखे ।