लघुकथा
उसैको जीत होस
तारा के.सी.
उसले भगवानलाई प्रभाव पार्न खोज्यो र लोभ देखायो।
‘ ममाथि लागेको आरोप झुठ सावित होस्। मेरा प्रतिपक्ष उमेदवारको हार होस्। उसलाई भ्रष्टचारको आरोप लागोस र जनताको मतबाट बहिष्कार होस्। मेरो पक्ष जनलहर बढोस। यसरी नै यो चुनावमा मेरो जीत भयो भने म ठुलै भेटी चढाउँछु प्रभु!’
एकाबिहानै मंन्दिरमा आफ्नो बाबाले यसरी आफ्नो प्रतिपक्षी साथीलाई नराम्रो होस् भनी याचना गरेको सुनेर जेन्जी छोराले भन्योस
‘भगवान ! मेरो बाबालाई पनि राम्रो होस्। मेरो बाबाको प्रतिपक्षी साथीको पनि राम्रो होस्। जीत त्यसको होस् जसले यो समाज र राष्ट्रको बिकाश गर्छ।’
काभ्रे,पनौती