
काठमाडौँ।टेस्लाका मालिका इलन मस्क विश्वकै पहिलो ट्रिलियनियर बनेका छन्।
उनको अर्को प्रमुख कम्पनी स्पेस एक्सले आइपिओ जारी गरी ७५ अर्ब डलर उठाएपछि इलन मस्क एक ट्रिलियन अमेरिकी डलरभन्दा बढी सम्पत्ति भएका पहिलो व्यक्ति बन्न चरणमा पुगेका हुन्।
मस्कको कुल सम्पत्ति १.१ ट्रिलियन अमेरिकी डलर नाघ्ने अनुमान गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
रोयटर्सले कम्पनीका कागजात र वित्तीय तथ्यांकका आधारमा गरेको गणनाअनुसार शुक्रबार सेयर कारोबार सुरु भएपछि मस्कको सम्पत्ति १.१ ट्रिलियन डलरभन्दा माथि पुग्नेछ।



