काठमाडौँ।विश्वकपमा बोस्निया र क्यानडाको खेल बराबरीमा टुंगिएको छ ।
समूह बी मा रहेका यी दुई टोलीको खेल १-१ को बराबरीमा टुंगिएको हो।
सहआयोजक राष्ट्र क्यानडाको घरेलु मैदानमा उक्त खेल भएको थियो ।
खेलको पहिलो हाफमा बोस्निया हर्जगोभिनाले अग्रता लिएको थियो । खेलको २१ औँ मिनेटमा इभान बेसिकको कर्नरमा सिद क्लोसिनेकले दिएको पासलाई सदुपयोग गर्दै जुभो लुकिकले गोल गरे।
खेलको पहिलो हाफमा बोस्निया हर्जगोभिनाले अग्रता लिएको थियो । खेलको २१ औँ मिनेटमा इभान बेसिकको कर्नरमा सिद क्लोसिनेकले दिएको पासलाई सदुपयोग गर्दै जुभो लुकिकले गोल गरे।
पहिलो हाफमा क्यानडाले पटक(पटक कर्नर पाउँदा पनि त्यसलाई गोलमा रूपान्तरण गर्न सकेन । दोस्रो हाफको ७८ औँ मिनेटमा कायल लेरिनले गोल फर्काउँदै खेललाई १-१ को बराबरीमा ल्याएका हुन् ।
दोस्रो हाफमा निर्धारित समयमा थप गरिएको ६ मिनेटको अवधिमा कुनै टिमले पनि गोल गर्न सकेनन् । खेलमा बोस्नियाका तीन र क्यानडाका दुइ खेलाडीले पहेँलो कार्ड पाएका छन् ।