काठमाडौं।नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ ।
आज बिहान ९ बजे पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने एमाले नेता विष्णु रिजालले जानकारी दिए ।
उनका अनुसार महाधिवेशनको बन्दसत्र भने सवा १२ बजेबाट मात्रै सुरु हुने भएको छ ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन शनिबारदेखि सुरु भएको छ । शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको आजदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र हुँदै छ । यसअघि बिहान साढे ८ बजेबाट बन्दसत्र हुने भनिएकोमा त्यसलाई सारेर सवा १२ मा पुर्याइएको हो ।
एमालेका देशभर २ हजार २६२ प्रतिनिधि छनोट भएका छन् । यो शनिबार मनोनयन गरिएका १०८ सहितको संख्या हो । ती सबै प्रतिनिधिलाई बिहान र बेलुका खाना र खाजाको व्यवस्था गरिएको छ ।
नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ ।
आज बिहान ९ बजे पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने एमाले नेता विष्णु रिजालले जानकारी दिए ।
उनका अनुसार महाधिवेशनको बन्दसत्र भने सवा १२ बजेबाट मात्रै सुरु हुने भएको छ ।