काठमाडौं । विश्वकपको दोस्रो खेलमा इराकलाई हराउँदै फ्रान्स नकआउट चरण प्रवेशन गरेको छ ।
समूह ‘आइ ‘मा लगातार दोस्रो खेल जित्दै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो । फ्रान्सले इराकलाई ३-0 ले हराएको हो ।
फ्रान्सका क्लियन एम्बाप्पेले दुई गोल गरे । उनले खेलको १४ औँ र ५४ औँ मिनेटमा गोल गरेका थिए । विश्वकपमा एम्बाप्पले जर्मनका स्ट्राइकर मिरोस्लाभ क्लोजको १६ गोलको रेकर्डसँग बराबरी गरेका छन् । अर्जेन्टिनाका स्ट्राइकर लिओन मेस्सीलाई उछिन्नका लागि उनी तीन गोल मात्रै पर छन् ।
पहिलो हाफको अन्यतिर अत्यधिक वर्षा भएपछि खेल केही समय प्रभावित बनेको थियो । दोस्रो हाफ निकै ढिला सुरु भएको थियो । दोस्रो हाफको ६६ औँ मिनेटमा ओसामे डेम्बेलेले गोल गर्दै नतिजा ३-0 को स्थितिमा ल्याएका हुन् ।
इराकसँग पनि विजयी भएसँगै फ्रान्स ६ अंकसहित तालिकाको शीर्षस्थानमा रहेको हो ।
