
काठमाडौँ।संयुक्त राज्य अमेरिकाले फिफा विश्वकप २०२६ मा सानदार सुरूवात गरेको छ।
शनिबार बिहान लस एन्जलसमा अमेरिकाले पहिलो खेलमा पाराग्वेलाई ४-१ गोलले पराजित गरेको हो।
पाराग्वेका डेमियन बोबाडिलाले आत्मघाती गोल गरेपछि अमेरिकालाई सुरूवाती अग्रता मिलेको थियो।
३१ मिनेटमा फोलारिन बलोगनले गोल गर्दै अग्रता दोब्बर पारे। ४५ मिनेटपछि थपिएको अतिरिक्त समयको पाँचौं मिनेटमा उनैले गोल गर्दा पहिलो हाफमै अमेरिकाले ३-० गोलको अग्रता लिएको थियो।
दोस्रो हाफको ७३ मिनेटमा पाराग्वेका लागि मउरिसियोले एक गोल फर्काए।
निर्धारित ९० मिनेटपछि थप गरिएको ९ मिनेट अतिरिक्त समयको अन्तिममा अमेरिकाका जिओभानी रेयनाले फेरि गोल गरेपछि अमेरिका ४-१ गोलले विजयी भएको थियो।


