काठमाडौं । साविक विजेता इटली युरो कपको अन्तिम १६ बाट बाहिरिएको छ ।
नकआउट चरणको पहिलो खेलमै शनिावर स्वीट्जरल्याण्डसँग २ शुन्यले पराजित भएपछि इटलीको यात्रा अन्तिम १६ बाटै यात्रा सकिएको हो । स्वीट्जरल्याण्ड भने क्वाटरफाइनलमा पुग्ने पहिलो टिम बनेको छ ।
जर्मनीको बर्लिनस्थित ओलम्पिक स्टेडियममा भएको खेलमा स्वीस टोली दुवै हाफमा एक एक गोल गरेको थियो । रेमो फ्रुएलेरले ३७औं मिनेटमा गोल गर्दै स्वीट्जरल्याण्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको पहिलो मिनेटमै रुबेन भार्गासले गोल गर्दै स्वीस टोलीको अग्रता दोब्बर पारे । दुई गोलले पछि परेको साविक विजेता इटलीले खेलमा फर्कने प्रयास गरेपनि गोल गर्न सकेन र बाहिरियो ।