
काठमाडौं । पाकिस्तानको बलुचिस्तानको क्वेटा सहरको रेलवे स्टेसनमा शनिबार बिहान बम विस्फोट हुँदा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।
अहिलेसम्म सो विष्फोटमा कम्तीमा ५० जना घाइते भएका छन् ।
बलुच लिबरेशन आर्मीले यस हमलाको जिम्मेवारी लिएको छ ।
बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुग्तीले क्वेटा रेलवे स्टेसनमा भएको विस्फोटको निन्दा गर्दै घटनाको छानबिन गर्न आदेश दिएका छन्।






