
काठमाडौँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।
अर्याललाई मंगलबार नियन्त्रणमा लिएको स्रोतले पुष्टि गरेको छ। पासपोर्टको आपूर्तिको विषयमा उनलाई नियन्त्रणमा लिएर बयान लिन सुरू गरिएको हो।
‘सोधपुछको काम भइरहेको छ,’ स्रोतले भन्यो, ‘अख्तियारले हिजो साँझ आएर कागजात लिएर गएको थियो।’
महानिर्देशक अर्याल सोमबार प्रधानमन्त्री कार्यालय पनि गएका थिए। प्रधानमन्त्रीलाई भेट्न भन्दै उनी प्रधानमन्त्री कार्यालय गएका थिए।
