
काठमाडौँ।चीन भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र नेसनल कमिटी अफ द पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स(सीपीपीसीसी)को राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङ बिच मंगलबार बिहान भेटवार्ता भएकोछ ।
भेटका क्रममा नेपाल–चीन सम्बन्धका विभिन्न पक्षबारे विस्तृत छलफल भएको परराष्ट्रमन्त्री खनालले जानकारी दिएका छन् ।
छलफलमा विकास सहकार्य, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदानप्रदान तथा दुई देशका नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार विमर्श भएको थियो । परराष्ट्रमन्त्री खनालले नेपाल र चीनबिचको दीर्घकालीन मित्रतालाई अझ गहिरो बनाउने विषयमा चिनियाँ पक्षको दृढ प्रतिबद्धताको प्रशंसा गरेका छन् ।
उनले दुई देशबिचको आपसी सहयोग र साझेदारीलाई थप विस्तार गर्दै लैजान दुवै पक्ष सकारात्मक रहेको बताएका छन् ।
