
विश्वकप स्कटल्याण्डलाई ३-o ले हराउँदै ब्राजिल समूह ‘सी’को शीर्षस्थानमा
काठमाडौँ।स्कटल्याण्डलाई पराजित गर्दै ब्राजिल समूह ‘सी’ को शीर्षस्थानमा पुगेको छ ।
समूह चरणको तेस्रो खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३-o ले हराएको हो । उक्त जितसँगै तालिकामा ब्राजिलले सात अंक जोड्यो।
ब्राजिलका लागि भिन्सियस जुनियरले दुई गोल गरे । उनले खेलको छैटौंँ र २१ औँ मिनेटमा गोल गरे । खेलको ६० औँ मिनेटमा म्याथुज क्युनाले गोल गर्दा नतिजा ३-० मा पुगेको हो ।
तीन खेल खेल्दा ब्राजिलले १ मा बराबरी र दुईमा जित निकालेको हो । ब्राजिल पहिलो खेलमा मोरक्कोसँग बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा हाइटीलाई ३-o पराजित गरेको थियो।