
‘छाता र जुत्ता देऊ!’
जयप्रकाश मल्ल पनालीको छेउ बसेर आफ्नो गुमेको राज्यको कुलोमा पानी छोड्न तम्सिरहेका थिए । पृथ्वीनारायण तरवार तेर्स्याएर उनलाई तर्साइरहेका थिए । पृथ्वीनारायणले उनलाई फेरि थर्काएर सोधे ।
‘छाता जुत्ता त दिन्छु तर जुत्ता लगाएर कहाँ टेक्ने ? छाला उघारेर कहाँ ओड्ने ?’
जयप्रकाश मल्ललाई आफन्तले धोका दिएको र राज्य हारेको पीडामा बर्बराएर पृथ्वीनारायणका अगाडि हात जोडेर बिन्ति गर्न लागे ।
‘पशुपति आश्रम!’
पृथ्वीनारायणको मनमा थप शङ्का उत्पन्न भयो । उनले काल भैरवको अगाडि गए । भैरवको पाउमा समातेर प्रतिज्ञारत प्रश्न गरे ।
‘प्रभु ! जनताको रक्षा गर्न नसक्ने लाछी राजालाई हजुरले टुलुटुलु हेरेर बस्न सकिबक्सन्छ त ?’
कालभैरवले अनायासै मुण्टो हल्लाए । यहाँको विभिन्न जातीय समुदाय, काँठे, रैथाने र बसाइँ बस्तीका जनताको असुरक्षा र घिनाहा रहेको सङ्केत गरे। पीपा, नगरकोटी र किसानहरूको सेवाका सट्टामा कुत उठाएर भ्रष्टाचार गरेको प्रमाण कालभैरव द्वारा सप्रमाण पृथ्वीनारायणलाई देखाएर भने ।
‘खै त राजाले मेरो गुठीको अछेता र आय बुझाएको ?’
उपत्यकाको अत्यधिक एकताको प्रतीकको रूपमा रहेको गुठी प्रथाको हिनामिना बारे सुनेपछि काल भैरवको पाउमा मुण्टो टेकाएर पृथ्वीनारायण फरक्क फर्केर जयप्रकाशको छेउमा गएर सोधे ।
‘कालभैरवको ओतमा गुठीको जोतपोत भ्रष्टाचार गरेको बारे तिमीलाई थाहा के छ र?’
जयप्रकाश राज्य हारेको पीडा, वंशनास भएको छटपटी, जन मनको आक्रोसका बिचमा पृथ्वीनारायण अगाडि हात जोडेर चिच्याउन थाले ।
‘भयो ! भयो !! जुत्ता र छाता पनि चाहिँदैन । छिटोभन्दा छिटो काशीवास पुर्याइदेऊ !’
त्यसपछि संसदमा मतदान बन्द भयो । जयप्रकाशले अन्त्यमा एक बकपत्र लेखेर छोडे ।
‘क्रान्तियुगको भ्रान्ति खेती शुरू!’







