
ललितपूर। उच्च अदालत बार एशोसियशन पाटनको निर्वाचनमा एमाले निकट प्रगतिशील तथा पेसागत कानून व्यवसायी (पीपीएलए) का अध्यक्ष पदका उम्मेदवार सेवन्तराज निरौला विजयी भएका छन् ।
उनले १ हजार १५२ मत सहित विजय प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसियशन(डीएलए)का उम्मेदवार देवी प्रसाद रिजालले ११२ मत प्राप्त गरे ।
यसैगरी उपाध्यक्षमा १हजार ६२ मतका साथ दुर्गाप्रसाद चिमौरिया विजयी भए । सचिव पदमा राजिव पोखरेल १ हजार पैतालीस मत सहित विजयी भए । सहसचिवमा सीमा सुवेदी १ हजार ५३ र कोषाध्यक्षमा दिल कुमार कार्की १ हजार ८८ मत सहित विजयी भए ।
सदस्यहरुमा समेत भारी मत अन्तर देखिएको छ ।


